नेपाल उद्योग वाणिज्य महासंघ र मिलेनियल इन्डियाबीच सहमति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 09:35:54 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघको प्रदेश नम्बर ३ र भारतको मिलेनियल इन्डिया अन्तराष्ट्रिय चेम्बर अफ कमर्श, इन्डस्ट्री एन्ड एग्रिकल्चरबीच सहकार्य गर्ने सहमति भएको छ । महासंघको प्रदेश नम्बर ३ का उपाध्यक्ष राजन गौतम र मिलेनियल इन्डिया अन्तरराष्ट्रिय चेम्बरका अध्यक्ष एम्बेसडर अनिल त्रिगुनायतले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतापत्रमा व्यावसायिक सूचना आदानप्रदान गर्ने, कृषि क्षेत्रमा सहकार्य गर्ने, बजार अध्ययन अनुसन्धान गर्ने, व्यावसायिक विस्तारका काम गर्ने र दुवै देशमा पालैपालो व्यावसायिक भेटवार्ता गर्ने उल्लेख छ ।

सम्झौताको हस्ताक्षर कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाले दुई देशबीचको व्यावसायिक सम्बन्ध विस्तारका लागि सहमति कोशेढुंगा सावित हुने बताईन् । मिलेनियल इन्डिया अन्तराष्ट्रिय चेम्बरका अध्यक्ष त्रिगुनायतले नेपाली समकक्षी संस्थासँग सहकार्य गरेर व्यवसायिक गतिविधि गर्ने बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved