मोदीलाई ओलीले दिए यस्तो उपहार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 12:11:40 PM मा प्रकाशित

laxmi  sunrise bank

भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा मोदीले सपथ लिएपछि भेटवार्ता भएको हो । मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार नयाँ दिल्ली गएका प्रधानमन्त्री ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

भेटमा द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ र मजबुत बनाउने समझदारी बनेको भारतीय विदेश मन्त्रालयले जनाएको छ । भेटका क्रममा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई रुद्राक्ष उपहार दिएका छन् ।


प्रधानमन्त्री ओली शुक्रबार नै स्वदेश फर्किने कार्यक्रम छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved