राजनीतिक पावरमा काम नगर्ने ठेकेदारलाई कारबाही गरिन्छः मन्त्री महासेठ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 02:52:30 PM मा प्रकाशित

laxmi  sunrise bank

भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले रघुवीर महासेठले सार्वजनिक खरिद नियमावली निर्माण व्यवसायीमैत्री नै भएको दाबी गरेका छन् । निर्माण व्यवसायीहरुले संशोधित नियमावली खारेज वा फीर्ता लिन दबाब दिँदै आन्दोलन गरिरहेका बेला संसदको विकास समितिमा मन्त्री महासेठले यस्तो जवाफ दिएका हुन् ।

‘आज सम्झौता गरेर भोलि देखिने काम गर्ने वातावरण बनेको छ । खरिद नियमावलीले यो कुराको ग्याण्टी गरेपछि व्यवसायीलाई नै थप सहजता प्रदान गर्छ’ मन्त्री महासेठले भने, ‘कानुनी रुपमा बाँझिएको पाइएमा त्यसलाई संशोधन गर्न तयार छौँ ।’ 

मन्त्री महासेठले लामो समयसम्म काम सम्पन्न नगर्ने ठेक्का खारेजीमा जाने बताएका छन् । पुरानो सम्झौताको हकमा भने एकपटक म्याद थप्ने प्रस्ताव गरेको उनको भनाई छ । थपिएको समयमा पनि काम नगरेको खण्डमा भने सम्झौता खारेज गरिने उनले बताए । 

‘सरकार र विभागको निर्देशन नमान्ने, राजनीतिक पावरमा समयमै काम सम्पन्न नगर्ने ठेकेदार कारबाहीमा पर्छन’ उनले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved