ड्राइभरले महिला कुटेको भाइरल भिडियोको रहस्य यस्तो छ !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 03:36:19 PM मा प्रकाशित

laxmi  sunrise bank

आज एक सवारी चालकले महिलालाई कुटपिट गरेको भिडियो भाईरल भयो । घटना महेन्द्रनगरको हो । धनगढीबाट सार्वजनिक सवारीसाधन चढेर महेन्द्रनगर पुगेकी महिलालाई सवारी चालकले बिच सडकमा अपशब्द बोल्दै कुटपिट गरे ।

शुक्रबार मध्यान्ह महेन्द्रनगरको ट्राफिक चोकमा से १ ज १०९४ नम्बरको विङ्गर गाडीका चालक गोकुल बोहराले सडकमै महिलालाई कुटपिट गरेका थिए । महिलामाथि दुब्र्यबहार गर्दै कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाईरल भएपछि सवारी चालक बोहोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक मोहनजंग बुढाथापाले चालक बोहराले गाडी भाडाको विषयमा विवाद भएपछि लक्ष्मी धनाडीलाई कुटपिट गरेको बताएका छन् । प्रहरी निरीक्षक बुढाथापका अनुसार धनगढीदेखि महेन्द्रनगरसम्मको भाडा १४० रुपैया भएपनि चालकले २ सय रुपैयाँ मागेको र महिलाले बढी भाडा दिन्न भनेपछि चालकले कुटपिट गरेका हुन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved