मोदीलाई भेटर फर्केका ओली एकशब्द नबोली हिँडे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 31, 2019 | 05:01:16 PM मा प्रकाशित

laxmi  sunrise bank

भारतका नवनिर्वाचित प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा भाग लिएर फर्केका प्रधानमन्त्री केपी शर्मा ओली केही पनि नबोली विमानस्थलबाट बाहिरिएका छन् । मोदीसँग भेटेर फर्किएका ओली नेपाल एयरलाइन्सबाट विमानस्थलमा उत्रिएलगत्तै पत्रकार सामु कुनै कुनै प्रतिक्रिया नै नदिई बाहिरिएका हुन् ।

विमानबाट उत्रिएर सलामी ग्रहण पश्चात उनी सरकारी मन्त्री र सरकारी अधिकारीसहित विमानस्थलबाट बाहिरिए । विदेशबाट फर्किदा विमानस्थलमा पत्रकारसँग लामो कुरा गर्ने ओली यसपटक नबोली हिड्नुलाई आश्चर्य मानिएको छ । 

मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुन ओली बुधबार भारत गएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved