पूर्वी रुकुमका स्थानीयले यार्सा टिप्न पाएनन्

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 01, 2019 | 01:49:18 PM मा प्रकाशित

laxmi  sunrise bank

हिउँ नपग्लिएपछि यार्सा टिप्ने तयारीमा रहेका रुकुम पूर्वका स्थानीयले यार्सा टिप्न पाएका छैनन् । रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका १ र २ का विभिन्न पाटनहरुमा पाइने यार्सा हिउँ नपग्लिएका कारण खुल्न अझै हप्तादिन लाग्ने भएको छ । यार्सा व्यवस्थापन समितिले आइतबारदेखि यार्सा टिप्न खुला गर्ने जनाएपनि हिउँ नपग्लिएपछि खुला गर्न नसकिएको जनाएको छ । 

यार्सा व्यवस्थापन समितिका अध्यक्ष अमरधन पुनका अनुसार गर्मी सुरु भएपनि घाम नलाग्दा हिउँ पग्लिन सकेको छैन । उनले २५ गतेबाट यार्सा फुकुवा गर्ने तयारी भइरहेको बताए । 

विकट ठाउँमा पर्ने पुपाल, घाराङ, फुलबारी, निम्क, पानीढाल, कुण्डला, उङला र भित्रवन लगायतका पाटनहरुमा यार्सा पाइन्छ । यार्सा संकलनका लागि यार्सा व्यवस्थापन समितिले सर्वसाधारण तथा व्यापारीबाट छुट्टा छुट्टै शुल्क लिने गरेको छ । यस वर्ष यार्सा संकलनका लागि शुल्क तोक्न र कहिलेबाट खुला गर्ने भन्ने औपचारिक निर्णय गर्न आईतबार समितिको बैठक बस्दैछ । 

यार्साको सुरक्षाका लागि हाल पाटनमा युवाहरु परिचालन गरिएको छ । ६ सय युवाहरुले यार्साको सुरक्षार्थ खटिएका छन् । 

विद्यालय नै बन्द

यार्सा टिप्ने सिजन सुरु भएपछि उक्त गाउँपलिकाका विद्यालय नै बन्द गरिएको छ । शिक्षक र बिद्यार्थीहरु यार्सा टिप्न जाने भएपछि विद्यालय बन्द गरिएको हो । बन्द भएका विद्यालय यार्सा सिजन सकिएपछि असार दोस्रो साताबाट मात्रै खुल्ने छन् । १४ वडा रहेको यस गाउँपालिकाका अधिकांश बिद्यालय यार्सा सिजनमा वर्षेनी करिब दुई महिना बन्द हुने गरेका छन् । 

गाउँपालिकाको वडा नम्बर १ र ६ सम्मका १५ विद्यालयहरु बैशाख २१ बाटै बन्द भएका छन् । यी विद्यालयमा करिब ३ हजार बिद्यार्थी अध्यनरत छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved