धुर्मुसलाई अर्को तनाव, रङ्गाशाला नबनाउन विप्लव माओवादीको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 08:52:48 AM मा प्रकाशित

laxmi  sunrise bank

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले चितवनको भरतपूरमा निर्माणाधिन गौतमबुद्ध क्रिकेट रङ्गाशालाको काम रोक्न चेतावनी दिएको छ । कलाकार सिताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे सुन्तलीको ‘धुर्मुस सुन्तली फाउडेशन’ले निर्माण गरिरहेको उक्त रङ्गाशालामा केहीदिन अघि तारबार भत्काईएको घटनामा आफूहरुको ऐक्यबद्धता रहेको भन्दै विप्लवले विज्ञप्ती नै निकालेर काम अघि नबढाउन चेतावनी दिएको छ ।

चितवनमा अन्यत्र पनि पर्याप्त जग्गा रहेको भन्दै विश्वविद्यालयको जग्गामा रङ्गाशाला बनाउने काम तत्काल रोक्न र अटेर गरे आईपर्ने परिणामको भागिदार आफँै हुन धुर्मुसलाई चेतावनी दिईएको छ । धुर्मुस सुन्तली फाउण्डेशनले चितवनको रामपुरस्थित कृषि बन विश्वविद्यालयको जग्गामा रङ्गाशाला बनाउने काम सुरु गरिसकेको छ ।

विज्ञप्तीः 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved