कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, कसको कहाँ ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 09:21:33 AM मा प्रकाशित

laxmi  sunrise bank

कोरियन भाषा परीक्षा (इपिएस)को लागि परीक्षा केन्द्र तोकिएको छ । जेठ २५ र २६ गते हुने परीक्षाका लागि काठमाडौं, ललितपुर र पोखरामा गरी ३२ परीक्षाकेन्द्र तोकिएको हो । 

वैदेशिक रोजगार विभागअन्तर्गत रहेको इपिएस शाखाले सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा ९२ हजार ३७६ युवा सहभागी हुने जनाएको छ । यीमध्ये उत्पादनमूकलक क्षेत्रमा ६३ हजार ४८७ र कृषि तथा पशुलापनमा २८ हजार ८८९ जनाले परीक्षा दिनेछन् । भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुल्ला गरिएको थियो ।

दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने तयारी गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ ।

शाखाले भाषा परीक्षामा सहभागी हुन आवेदन दिएका २० जनाको दरखास्त रद्द गरेको छ । परीक्षा आवेदन भर्दा तोकिएको मापदण्डविपरीत विवरण भर्ने व्यक्तिको दरखास्त रद्द गरिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले बताए । 

दरखास्त रद्द हुनेमा दुई महिला रहेका छन् । दुई महिलाको उमेर बढी भएकाले दरखास्त रद्द गरिएको हो । कोरियाले १८ देखि ३९ वर्ष उमेर समूहका युवालाई मात्र इपिएसमार्फत कोरिया लैजाने गरेको छ । अन्य उम्मेदवारले गलत विवरण भरेकाले उनीहरुको दरखास्त रद्द गरिएको हो ।

हेर्नोस् केन्द्रः




Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved