पुर्वप्रधानमन्त्री कोइराला निवासबाट सरकारले सुरक्षाकर्मी हटायो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 01:38:29 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मी फिर्ता बोलाएको छ । नेपाली कांग्रेसका पूर्वसभापति र पूर्वप्रधानमन्त्रीसमेत रहेका दुई कोईराला नेता  विश्वेश्वरप्रसाद कोइराला र उनका भाइ गिरिजाप्रसाद कोइरालाको विराटनगरस्थित निवासबाट सरकारले सुरक्षाकर्मी फिर्ता गरेको हो ।

कोइराला निवासमा २०५४ सालदेखि राखिएका सुरक्षाकर्मी सरकारले गत बिहिबार फिर्ता गरेको हो । सशस्त्र प्रहरी बलका असइको नेतृत्वमा १३ जनाको टोलीले कोइराला निवासको सुरक्षा दिँदै आएका थिए । कोइराला निवासको जग्गा जमिन बीपीपुत्र शशांक कोइराला, गिरिजाकी छोरी सुजाता कोइराला र शेखरको नाममा छ ।

सशस्त्र प्रहरीका प्रवक्ता सुरजकुमार श्रेष्ठले गृहमन्त्रालयबाट पत्र प्राप्त भएपछि सुरक्षाकर्मीलाई फिर्ता बोलाएको जानकारी दिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved