प्रधानमन्त्री ओलीको नौ दिने युरोप भ्रमण तय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 01:53:04 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओली जेठ २५ गते युरोप भ्रमणमा जाने भएका छन् । प्रधानमन्त्री ओली जेठ २५ गते शनिबारदेखी नौ दिन लामो भ्रमणमा जान लागेका हुन् । 

परराष्ट्र मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीको युरोपियन मुलुकहरु स्विजरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणबारे जानकारी गराएको हो । प्रधानमन्त्री ओलीले जेठ २६ गते स्विजरल्याण्डको जेनेभामा आयोजना हुने अन्तराष्ट्रिय श्रम संगठनको वार्षिक साधारण सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री ज्ञवालीले जानकारी दिए । 

त्यसपछि प्रधानमन्त्री ओली जेठ २७ गते बेलायत प्रस्थान गर्नेछन् । त्यहाँ अक्सफोर्ड युनियनले आयोजना गरेको विशेष समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । बेलायत भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले त्यहाँका समकक्षी थेरेसा मेसँग पनि औपचारिक भेटवार्ता गर्नेछन् ।

प्रधानमन्त्री ओलीले बेलायतको भ्रमणपछि फ्रान्सको राजधानी पेरिसमा आयोजना हुने उच्च स्तरीय राजनीतिक भेटवार्तामा सहभागी हुनेछन् । परराष्ट्रमन्त्री ज्ञवालीले प्रधानमन्त्री ओलीले फ्रान्समा रहँदा त्यहाँका लगानीकर्ताहरुसँग नेपालमा लगानी भित्र्याउने विषयमा पनि छलफल गर्ने बताए । ओली आगामी असार १ गते स्वदेश फर्कने छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved