काठमाडौँमा मालबाहक सवारी साधनलाई प्रवेश निषेध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 03:55:54 PM मा प्रकाशित

laxmi  sunrise bank

असार १ गतेबाट काठमाडौंमा दिउँसो ठूला तथा साना मालबाहक सवारीलाई प्रवेश निषेध गरिने भएको छ । बिहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म रिंगरोडसहित विभिन्न नाकाबाट मालवाहक सवारी ल्याउन पाइने छैन ।

यो व्यवस्था सार्वजनिक बिदाका दिन भने लागू नहुने यातायात व्यवस्था विभागले जनाएको छ । आपत्कालीन र अत्यावश्यक सेवामा प्रयोग भएका बाहेकका सवारीलाई तोकिएको क्षेत्रमा बिहानदेखि साँझसम्म प्रवेश र सञ्चालन नगर्न विभागले निर्देशन दिएको छ । दूध, तरकारी, फलफूल, पानी, कुखुराका चल्ला पानी, पेट्रोलियम पदार्थ, लगायतका सामग्री बोकेका सवारीलाई भने रोकिने छैन ।

काठमाडौंको मुख्य नाकामा जामको समस्या तीव्र भएपछि विभागले यस्तो कदम चालेको हो । काठमाडौं उपत्यकाभित्र मालबाहक सवारीको संख्या बाक्लिँदै गर्दा त्यसले रिंगरोड क्षेत्रमा पनि जाम बढेकाले नाकाहरुमै रोक्ने गरी निर्णय भएको हो । काठमाडौं र ललितपुरको चक्रपथभित्रको सबै क्षेत्र र भक्तपुरको भित्री शहरी क्षेत्रमा पनि यो प्रावधान लागू हुनेछ । 

त्यसैगरी चक्रपथ बाहिरको चाबहिल/जोरपाटी सडक, गोपीकृष्ण/कपन सडक, नारायणगोपाल चोक/बुढानीलकण्ठ सडक, बालाजु बाइपास/गोलढुंगा सडक, बगडोल/नख्खु सडक, सातदोबाटो/हरिसिद्धी सडक, ग्वार्को/चापागाउँ सडकमा विहान ८ बजेदेखि बेलुकी ७ बजेसम्म मालबाहक सवारी सञ्चालन गर्न रोकिने छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved