धोबिघाटमा सवारी दुर्घटना, पत्रकारसहित दुई जनाको मृत्यु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 04:00:14 PM मा प्रकाशित

laxmi  sunrise bank

ललितपुरको धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा४३प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुनेमा  नुवाकोटका २८ वर्षीय चन्द्रमणि मधुहारी र गोदावरी, ललितपुरका ४० वर्षीय गोबिन्द घिमिरे शर्मारहेका छन् । दुर्घटनामा परेका घिमिरे नेपाल कृषि पत्रकार प्रतिष्ठानका अध्यक्ष हुन् । 

दुर्घटनाका घाइतेलाई प्रहरीले तत्कालै मेगा अस्पताल पुर्‍याएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको थियो । नर्भिक अस्पतालले दुवैलाई मृत घोषणा गरेको छ । 

प्रहरीकाअनुसार सुरुमा दुई जीप ठोक्किएर अनियन्त्रित भएका थिए । अनियन्त्रित जीपमा अर्को एउटा जीप र मोटरसाइकल आएर ठोक्किएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved