संसदमा अर्थमन्त्री र छायाँ अर्थमन्त्रीको रोचक सवाल जवाफ (भिडियोसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 02, 2019 | 07:21:25 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बजेटको अनुसूचीमा गडबढी भएको भन्दै संसदमा अवरोध गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले गत बुधबार पेश गरेको बजेटको अनुसूचीमा गडबडी भएको भन्दै कांग्रेसले बिरोध जनाएको हो ।

बैठक सुरु हुनासाथ कांग्रेसका तर्फबाट मिनेन्द्र रिजालले प्रदेश र स्थानीय तहमा जाने पनि संघीय सञ्चिती कोषमा जानु कारण माग गरेका थिए । त्यस्तै उनले कसरि सरकार सिमा भन्दा बढी अन्तरिक ऋण उठाउन लागिएको भन्दै प्रश्न गरेका थिए । अर्थमन्त्रीके यस बिषयमा जवाफ नदिएसम्म कांग्रेसले संसद चलन नदिने अडान लिएको थियो । रिजाल नेपाली कांग्रेसले गठन गरेको छायाँ सरकारका अर्थमन्त्री पनि हुन्  ।

बैठकमा यसको जवाफ दिदै अर्थमन्त्री डा युवराज खतिवडाले अनुसूची १ मा त्रुटी भएको स्वीकार गरे । उनले मेसिनले गर्नु पर्ने हिसाबले हातले जोड्दा केहि अंक तल माथि भएको तर अहिले त्यसलाई सच्चाई सकिएको प्रष्ट पारे । साथै उनले यसबाट बजेटको आकार वा अन्य विनियोजित रकममा केहि तलमाथि नपर्ने बिश्वास दिलाए ।

साथी उनले आन्तारिक ऋण १७२ अर्बभन्दा बढी नउठाउने बताए । बैठकमा उनले भने 'केही पाविधिक त्रुटीका कारण प्रदेश र स्थानीय तहमा जाने पनि संघीय सञ्चिती कोषमा जोडिएको हो,  त्यो अहिले मिलाइसकिएको छ ।'  अर्थमन्त्री खतिवडाले आन्तारिक ऋण १७२ अर्बभन्दा बढी नउठाउने समेत बताए ।  

मन्त्रीले जवाफ दिएपछि संसदमा बजेट छलफल सुरु भएको थियो ।   

हेर्नुस भिडियो: 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved