गोकुल बास्कोटाले भने 'म कसैले रोकेर रोकिन्न, बनेपा मै विमानस्थल बन्छ'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 06:09:29 AM मा प्रकाशित

laxmi  sunrise bank

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपामै आन्तरिक विमानस्थल बनाइछाड्ने दृढता व्यक्त गरेका छन् । बनेपा नगरपालिका–५ स्थित चण्डेश्वरी वनभोजस्थल स्नानगृहको शिलान्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले विमानस्थल जसरी पनि बन्ने बताएका हुन् ।

उनले बनेपामै सेक्यूरिटी प्रिन्टिङ पे्रस निर्माणार्थ बजेट विनियोजन भइसकेको जानकारी पनि दिए । उनले भने “म पहिलाजस्तो कसैले रोकेर रोकिन्न, बनेपामा आन्तरिक विमानस्थल बन्छ बन्छ, तपाईँहरु ढुक्क हुनुहोस्” ।

उनले हरेक दिन नयाँ सोच र काम लिएर अघि बढ्नुपर्ने बताउदै हरेक जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेकका काममा एक मिनेट पनि दायाँबायाँ सोच्न नहुने बताए । उनले भने “हरेक दिन नयाँ सोच र नयाँ कामको पहिचान आजको आवश्यकता हो, हामीले पाँच वर्षभित्र देशको मुहार फेर्नुछ, त्यसैले जनप्रतिनिधिले विकास र जनताको सेवाबाहेक दायाँबायाँ लाग्न मिल्दैन ।” मन्त्री बाँस्कोटाले गत साल विकासको जग बसालिएको, यो साल पिल्लर उठ्ने र अर्को साल सुन्दर घर बन्ने दाबी गरे । “विकासको काम आजको आजै देखिन्न, धैर्य गर्नुपर्छ”, उनले भने “आउँदा केही वर्षमै दुई अङ्कको आर्थिक वृद्धिदर पुग्नेछ ।”

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved