जसले आफ्नै श्रीमती र छोरा बेचे

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 06:12:32 AM मा प्रकाशित

laxmi  sunrise bank

दैलेखमा आफ्नै श्रीमती र छोरा बेचेका एक व्यक्तिलाई ३८ वर्ष कैद फैसला गरिएको छ । भैरबी गाउँपालिका–४ भैरीका २१ वर्षीया टेकराज पुरीलाई उक्त कैद फैसला गरिएको हो । पुरीलाई दैलेख जिल्ला अदालतले आज रु तीन लाख ३० हजार जरिवाना, रु एक लाख ६५ हजार क्षतिपूर्ति र ३८ वर्ष छ महीना कैदको फैसला गरेको हो ।

न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट उक्त फैसला सुनाइएको हो । उक्त फैसला मानव बेचबिखनमा २० वर्ष, ओसार–पसारमा १५ वर्ष र कूल सजायको थप १० प्रतिशतले हुन आउने साढे तीन वर्षसमेत ३८ वर्ष छ महीना कैद भएको अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved