कालिका लघुवित्त वित्तीय संस्थाको ३० वटा गोष्ठी सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 10:53:26 AM मा प्रकाशित

laxmi  sunrise bank

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले यस आर्थिक वर्षको योजना अनुसारको ३० वटा शाखा कार्यालयमा केन्द्र प्रमुख तथा उप प्रमुखहरुको गोष्ठी कार्यक्रम सम्पन्न गरेको छ । 

संस्थाले पाल्पा, स्याङ्जा, पर्वत, कास्की, तनहुँ, गोरखा, धादिङ, मकवानपुर नवलपुर, रुपन्देही लगायतको जिल्लामा रहेका ३० वटा शाखाहरुमा गोष्ठी सम्पन्न गरेको हो । स्याङ्जामा केन्द्रिय कार्यालय रहेको संस्थाले आइतबार बुटवलको योगिकुटी र सैनामैनाको रानीबगियामा अन्तिम २ वटा कार्यक्रम  गरेर गोष्ठिको समापन  गरेको हो ।

कार्यक्रम बाट आगामी दिनमा कस्तो खालको कार्यक्रमहरु सदस्यहरुको लागि ल्याउने भन्ने विषयमा आफूहरु प्रष्ट भएको संचालक समितिका सदस्य कृष्णकाजी केसीले बताए । त्यसैगरि संस्थाका अध्यक्ष कृष्ण खाँणका अनुसार संस्थाले सदस्यहरुको भावना अनुसार कार्यक्रमहरु सञ्चालन गर्नको लागि कुनै कसर नराख्ने र सदस्यमैत्री कार्यक्रम सञ्चालन गर्दै जाने बताए । 

संस्थाले समापन कार्यक्रममा गजेडी शाखा कार्यालयका सदस्य अनारकली थारुको मृत्यु भएकोले उनको श्रीमान्लाइ रु।एक लाख पन्चानब्बे हजार रुपैंया बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved