इन्धन बोक्ने ट्याङ्करको स्ट्याण्डर्ड जाँच गरिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 12:02:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमका सबै ट्यांकरको नापजाँच गरिने भएको छ । गुणस्तर तथा नापतौल विभागले डिलरहरुमा निगमबाट तोकिएभन्दा कम मात्रामा तेल पुग्ने गरेको गुनासो आएपछि ट्याङ्कर जाँच गर्न लागेको हो । 

गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जले निगमको थानकोट कार्यालयलाई थानकोट डिपोबाट बिक्रि वितरण हुने प्रेट्रोलियम पदार्थ ढुवानीमा संलग्न सबै ट्यांकरहरुको स्ट्याण्डर्ड जाँच गर्न परिपत्र गरेको छ । निगम र व्यवसायीबीच इन्धन परिणामको विषयमा विगत लामो समयदेखि विवाद छ । निगमको डिपोबाट इन्धन ढुवानी गर्ने ट्यांकरहरुको विद्यमान मापदण्डले आफूहरुलाई अन्याय भएको गुनासो व्यावसायीहरुले गर्दै आएका छन् ।

भारतीय क्यालिब्रेसनले ट्यांकरहरुमा एक सय लिटरसम्म कम इन्धन हुने गरेको व्यवसायीको दावी छ । हरेक वर्ष इन्धन बोक्ने ट्यांकरको क्यालिब्रेसन गर्नुपर्ने नियम भए पनि निगमको इन्धन बोक्ने ट्यांकरले यो नियम पालना गरेका छैनन् । भारतीय क्यालिब्रेसन नेपाली मापदण्डको नहुने भएकाले नेपाली मापदण्डका लागि नेपालमै क्यालिब्रेसन अगाडि बढाइएको बिभागका निर्देशक विश्वबावु पुडासैनीले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved