भेटियो गभर्नरको हस्ताक्षर नभएको नोट, के भन्छ राष्ट्र बैंक ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 12:33:36 PM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा नक्कली नोटको विगविगी भईरहेको बेलामा गभर्नरको हस्ताक्षर बिनाको ५०० रुपैयाँको नेपाली नोट फेला परेको छ ।  सिरियल नंम्बर च ५८, ३२६६२५ भएको ५०० रुपैँयाको नेपाली नोटमा गभर्नरको हस्ताक्षर नभएको भेटीएको हो ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले प्राविधिक त्रुटीका कारण यस्तो भएको बिजपाटीलाई बताएका छन। 'गभर्नरको हस्ताक्षर नै नभएको नोट बजारमा जानु प्राबिधिक त्रुटी मात्रै हो' उनले भने, 'नोट छपाइको विभिन्न चरण हुन्छ, त्यहि क्रममा नोटमा हस्ताक्षरको छाप लगाउँदा केही हस्ताक्षर छुट्न गएको मात्र हो, यसलाई अन्यथा लिन मिल्दैन।' 

प्राविधिक त्रुटीले बजारमा भेटिएका यस्तो नोट राष्ट्र बैंकको कार्यालयमा पुगेर साट्न सकिने उनले बताएका छन।यस्ता नोट नक्कली नोट नभएर त्रुटीपुर्ण नोट भएको पौडेलको भनाई छ।

  फोटो : सुवास खतिवडा

यो पनिः

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved