डिजिटल अर्थतन्त्र निमार्णमा सक्षम र एनसीएचएलको सहकार्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 03:25:27 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल क्लियरिङ हाउस (एनसीएचएल) र युकेएडको सक्षम कार्यक्रम बीच सम्झौता भएको छ ।  दुई संस्था बीच connectIPS e-Payment प्रणाली प्रवद्र्घन गर्न, National Payments Interface (NPI) लागू गर्ने तथा Settlement Guarantee Fund (SGF) विस्तार गर्न सम्झौता भएको हो । सम्झौतामा क्लियरिङ हाउसको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधान र सक्षमको तर्फबाट टीम लिडर निर्मल दाहालले हस्ताक्षर गरेका छन् । 


सम्झौता सँगै नेपालभर रहेका बैंक तथा वित्तिय संस्थाहरुको ग्राहक, सरकारी तथा अर्ध(सरकारी निकायहरु, ठूला कर्पोरेटहरु, साना तथा मझौला कम्पनीहरु, PSP/PSO  लगायतका विभिन्न लाभग्राही समूहहरुलाई लभाम्भित हुने  सम्झौता पश्चात जारी गरिएको विज्ञप्तीमा उल्लेख छ । परियोजनाले देशव्यापी रूपमा P2P, P2G, G2P, C2B तथा  C2B जस्ता कारोबारहरुलाई बृद्धि गरी डिजिटल अर्थतन्त्रको निर्माण गर्ने सरकारी योजनालाई समेत सहयोग पुर्याउने अपेक्षा गरिएको दुबै संस्थाले लिएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved