सलमानको भारत नेपालमा बुधबारदेखि रिलिज हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 04:18:41 PM मा प्रकाशित

laxmi  sunrise bank

इदको अवसर पारेर आउन लागेको बलिउड सुपरस्टार सलमान खान प्रमुख भुमिका रहेको चलचित्र भारत नेपालमा बुधबारदेखि प्रदर्शनमा आउने भएको छ । 

चलचित्र विकाश वोर्डले शुक्रबारमात्र चलचित्र रिलिज गर्ने प्रचलन बसाए पनि भारत बुधबारबाट प्रदर्शनमा आउने भएको छ ।  विकास बोर्डले नेपालि हिन्दि सबैै किसिमका चलचित्र शुक्रबारमात्र प्रदर्शन गर्ने भनेर लिएको बोल्ड निर्णयलाइ जिल्ला अदालत काठमाडौँँको अन्तरिम आदेशले उल्टाइदिएको छ ।

 शुक्रबार मात्र फिल्म रिलिज गर्न दिने बोर्डको निर्णयविरुद्ध जिल्ला अदालतमा वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्ट ले दाएर गरेको रिट को फैसला गर्दै अदालतले यस्तो आदेश दिएको हो । अदालतले स्वतन्त्र व्यवसायमाथि हस्तक्षेप नगर्न समेत चलचित्र विकास बोर्डलाई चेतावनी दिएको छ । 

यसअघि वलिउड चलचित्र कलंकलाइ बुधबार नेपालमा रिलिज गर्न बाट रोकेको  चलचित्र विकाश वोर्डले यो आदेशपछि कुनै  आधिकारिक धारणा सार्वजनिक गरेको छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved