विप्लव माओवादीले भन्योः ‘हामीले चौकी आक्रमण गरेका छैनौ’ (विज्ञप्तिसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 03, 2019 | 04:47:47 PM मा प्रकाशित

laxmi  sunrise bank

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले सोलुखुम्बुको छेस्काम प्रहरी चौकीमा आक्रमणको प्रयास गरेको भन्दै सरकारले सुरक्षा व्यवस्था कडा बनाएको बेला उक्त समूहले भने आफ्नो पार्टीले आक्रमण र आक्रमणको प्रयास समेत नगरेको जनाएको छ । आइतबार राती आफ्ना कार्यक्रर्ताले आक्रमणको प्रयास गरेको भन्दै प्रहरीले गलत अफवाह फैलाएको विप्लवको दाबी छ । 

विप्लव नेतृत्वको नेकपाका नेता खड्गबहादुर विक (प्रकाण्ड)ले हस्ताक्षर गरेको विज्ञप्तिमा उक्त घटनामा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको लेखिएको छ । ‘सुरक्षा निकायमाथि आक्रमण गर्ने पार्टीको कुनै पनि नीति नभएको र त्यस प्रकारको कुनै घटना नभएको स्पष्ट पार्दै पूर्वी नेपालमा दमन गर्ने सरकारी षड्यन्त्रअनुरुप यस्तो समाचार ल्याएको प्रस्ट गर्न चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

छेस्काममा आक्रमणको प्रयास भएको भन्दै सुरक्षा निकायले हवाई तथा स्थलगत गस्ती सुरु गरेको छ । आइतबार राति २५ जनाको समूहमा आएको हतियारधारी समूहले आक्रमण गरेपछि चौकीमा रहेका चार प्रहरीले भागेर ज्यान जोगाएको प्रहरीले बताउँदै आएको छ । 

प्रहरी चौकी आक्रमणको प्रयास भएको समाचार आएपछि विराटनरगरबाट २७, काठमाडौंबाट सशस्त्रका ११ र नेपाल प्रहरीका २० जना सुरक्षाकर्मी हेलिकोप्टरबाट छेस्काम पुगेका छन् । 

यस्तो छ विज्ञप्तिः


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved