बजेटको संरचनामा फन्डामेन्टल चेन्ज अवश्यकः विनोद चौधरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 12:06:47 PM मा प्रकाशित

laxmi  sunrise bank

सांसद विनोद चौधरीले मुलुक चालु खर्च पनि धान्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । संघीयताका कारण बढेको चालु खर्चका कारण मुलुक उठेको करबाट तलब भत्ता पुर्याउन पनि नसक्ने स्थितिमा पुगेको उनको भनाइ छ ।

‘७ सय ५३ भन्दा बढ्ता विभिन्न तहका सरकार, ती सरकारमा थपिने राष्ट्रले धान्नै नसक्ने खर्च, आर्मी र विभिन्न सुरक्षा निकायको बढ्दो माग यी सम्पूर्ण कुराहरुको समिश्रण भनेको अहिलेको टोटल ट्याक्सले टोटल चालु खर्च भ्याउन नसक्ने स्थिति छ’ उनले भने, ‘देश अत्यन्त डरलाग्दो दुष्चक्रममा फसेको मैले अनुभव गरेको छु ।’

प्रतिनिधिसभा बैठकमा बजेट छलफलमा भाग लिँदै उद्योगी समेत रहेका चौधरीले नेपालको बजेटको संरचनामा आधारभूत रुपमा परिवर्तन आवश्यक भएको बताए । ‘समृद्ध नेपाल निर्माणको अभियानलाई अगाडि बढाउन जुन प्रकारको बजेटको स्ट्रक्चर हुनुपर्ने हो, त्यसमा आधारभूत फन्डामेन्टल चेन्ज गर्नुपर्छ’ उनले भने । 

गतिशील अर्थतन्त्रका लागि विकास खर्च ६० प्रतिशत र चालु खर्च ४० प्रतिशत हुनुपर्ने सर्वमान्य नियम भए पनि आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च ६६ प्रतिशत र विकास खर्च २३ प्रतिशत देखिएको चौधरीको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved