प्रदिप गिरि भन्छन्, ‘अर्थमन्त्री ज्यू, बजेटमा शहरको सट्टा गाउँ शब्द लेख्दिनोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 12:27:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली काङ्ग्रेसका नेता प्रदिप गिरिले बजेटमा एउटा शब्द परिवर्तन भए बजेट आफूलाई मान्य हुने भएका छन् । प्रतिनिधिसभामा बजेट बारेको छलफलमा नेता गिरिले अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जेठ १५ मा प्रस्तुत गरेको बजेटमा शहरको सट्टा गाउँ शब्द प्रयो गर्न आग्रह गरेका छन् । 

‘आधुनिक सभ्यताको मानक नै सुविधायुक्त सहर भएको तथा मुलुकको विकासको स्वरुप सहरी पूर्वाधारबाटै प्रतिबिम्बित हुने यथार्थलाई ध्यान दिँदै सहरी विकासतर्फ कार्यक्रम प्रस्ताव गरेको छुु’ अर्थमन्त्री खतिवडाले बजेट भाषणमा भनेका थिए । सांसद गिरिले सो बुँदाको शहर शब्दको ठाउँमा गाउँ शब्द राख्न माग गरेका छन् । 

‘म सरकारलाई भन्न चाहन्छु, यस पङ्तीमा एउटा शब्द फेरिदिने हो भने यो बजेट मलाई पूर्णतया स्वीकार छ, उनले भने, ‘आधुनिक सभ्यताको मानक सुविधायुक्त सहर हो त ? काठमाडौंलाई सहरको सट्टा कहर बनाएर पनि चित्त बुझेन ? यसलाई तपाईंले लेख्न सक्नुहुन्छ, आधुनिक सभ्यताको मानक नै सुविधायुक्त गाउँ बनाएर । गाउँलाई सुविधायुक्त बनाउन सकिँदैन ?

‘मेरो बिन्ती छ, प्रार्थना छ, सहरलाई गाउँ गरिदिनुस्, उनले भने, सारा बजेटको रुपरेखा र स्वरुप बदलिन्छ । आज गाउँबाट बजार, बजारबाट झन् ठूलो बजार, त्यसबाट सहर, त्यसपछि फोहोर काठमाडौं । त्यसपछि विदेश, अमेरिका यही हो नेपालको नियती ? यही गर्न हामीले चालीस पचास वर्ष अगाडि देश बनाउने कसम खाएका थियौँ ? 

‘सहरलाई कति चाहियो ?’ उनले भने, ‘गाडी पुगेन कि, कलेज पुगेन कि, अस्पताल पुगेन कि, काठमाडौंकै जोड्नुस् त प्रतिव्यक्ति कति छ ?’ 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved