भूकम्प आउँछ भन्दै आतंक फैलाउने ‘ज्योतिष’ पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 01:46:03 PM मा प्रकाशित

laxmi  sunrise bank

देशमा महाभूकम्प आउँछ भन्दै सर्वसाधारणमा आतंक फैलाउने स्वघोषित ‘ज्योतिष’ पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंले नागरिकमा अफवाह फैलाएको अभियोगमा अर्जुन क्षेत्री भनिने अर्जुन थापालाई नियन्त्रणमा लिएको हो । 

उनले यूटुब भिडियोमार्फत जेठ महिनाभित्र विनाशकारी भूकम्प आउने भन्दै आतंक फैलाएको प्रहरीले जनाएको छ । उनलाई मंगलबार गौशालाबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले जानकारी दिएका छन् । 

उनीमाथि कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाई छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved