ईदको सार्वजनिक बिदा बुधबार कि बिहिबार ? यसो भन्छ गृह मन्त्रालय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 02:05:49 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले  मुस्लिम धर्मावलम्बीहरूको पर्व ईदुलफित्रको दिन सार्वजनिक बिदा दिने घोषणा गरिसकेको छ ।  सरकारका प्रबक्ता तथा संचार मन्त्री गोकुल बास्कोटाले गत बुधबार बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् । उनले बिदाको मिति भने मुस्लिम धर्मगुरुहरुको सिफारिसमा हुने बताएका थिए । 

बिदा २२ वा २३ गते मध्ये एक दिन हुने भनिए पनि विदा निश्चित भने भई सकेको छैन । गृह मन्त्रालयका प्रबक्ता रामकृष्ण सुवेदीले विदा दिने निश्चित भए पनि मिति भने टुंगो लागि नसकेको बताए । उनले भने ' मुस्लिम धर्मगुरु अर्थात् मौलानाहरुले दिन तोकेर सिफारिस गरेपछि मन्त्रालयले विदाको घोषणा गर्छ, अहिले सवा ३ बजेसम्म उहाँहरुले कुनै पनि जानकारी गराउनु भएको छैन' ।  आकाशमा चन्द्रमा देखिएको आधारमा ईदको मिति यकिन हुने भएकोले विदाको पनि टुंगो लाग्न नसकेको हो। 

मुस्लिम धर्मगुरुहरुको अनुसार आज चन्द्रमा देखिए भोली बुधबार ईद हुनेछ र त्यहि दिन विदा हुने छ । यदि आज चन्द्रमा नदेखिए २३ गते बिहिबार ईद हुने र सोहि अनुसार विदा हुने छ । आज चन्द्रमा देखिए नदेखिएको थाहा पाउन भने बेलुका ७ बजेसम्म नै कुर्नु पर्ने भएको छ । मन्त्रालयले पनि धर्मगुरुहरुको सिफारिसमा विदाको घोषणा गर्ने छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved