सलमान खानको भारत नेपालमा बुधबार रिलिज हुनेभएपछि निर्माता संघको आपत्ति

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 04, 2019 | 05:14:23 PM मा प्रकाशित

laxmi  sunrise bank

हलमा शुक्रबार मात्रै चलचित्र रिलिज गर्ने अभ्यास विपरति सलमान खान अभिनित चलचित्र ‘भारत’ बुधबार नै रिलिज हुने भएपछि निमौता संघले आपत्ति जनाएको छ । यसअघि पनि शुक्रबार बाहेकका दिनमा रिलिजको तयारी थालेको उक्त फ्लिमलाई रिलिज हुन नदिईएपछि वितरक कम्पनी ब्यांकटेस इन्टरटेन्मेन्टले बुधबार नै रिलिज गर्न पाउनुपर्ने माग गर्दै आदलतमा मुद्दा दिएको थियो । 

जिल्ला अदालत, काठमाडौंमा दायर भएको मुद्दामा अदालतले रिलिजका लागि शुक्रबार नै कुनुपर्ने बाध्यता नरहेको भन्दै फैसला गरेपछि बुधबार रिलिज हुन लागेको हो । अदालतको फैसलासँगै विदेशी फिल्म जुनसुकै दिन रिलिज गर्ने सकिने बाटो खुलेको छ । अन्य बार विदेशी फिल्म रिलिज हुँदा नेपाली फिल्मको ब्यापारमा हानी हुने भन्दै निर्माता संघले विरोध जनाएको हो ।

संघका महासचिव रोज राणाद्वारा हस्ताक्षरित विज्ञप्तीमा शुक्रबार मात्र चलचित्र प्रदर्शन गरिनुपर्ने अभ्यास रहेको बताइएको छ । 

यस्तो छ विज्ञप्तिः



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved