स्याङ्जामा बैंकिङ/ बीमा एक्स्पो हुँदै

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 07:12:13 AM मा प्रकाशित

laxmi  sunrise bank

स्याङ्जाको वालिङमा वित्तीय जागरण राष्ट्रिय अभियान अन्तर्गत बैकिङ/बीमा एक्स्पो हुने भएको छ । जेष्ठ २४ र २५ गते वालिङमा हुन लागेको एक्स्पोमा बैंकीङ र बीमा क्षेत्रको करीब १ दर्जन सुचनामुलक स्टल पनि सञ्चालन हुने आयोजकले जनाएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवि नेपालले उद्घाटन गर्ने कार्यक्रमको समापन वालिङ नगरपालिकाका नगर प्रमुख दिलिप प्रताप खाँणले गर्ने कार्यक्रम संयाोजक माधव निर्दोषले जानकारी दिएका छन् । 

मिडिया इन्टरनेशनलले आयोजन गर्न लागेका कार्यक्रमा नेपाल राष्ट्र बैकको प्रवद्र्धन, बीमा समिति, वालिङ नगरपालिका र वालिङ उद्योग बाणिज्य संघको सहकार्य रहको छ । कार्यक्रममा दुई दिन सम्म बैंकिङ लगानी र उद्यमशीलताकको विकास, बीमा सचेतना, वित्तीय साक्षरता, लघुउद्यमशीलता लगायतका विषयमा विभिन्न शेसनमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने कार्यक्रम संयोजक माधव निर्दोषले जानकारी दिए । 

कार्यक्रममा नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, बीमा समितिका नीर्देशक, बैंकर्स संघका प्रतिनीधि, डेभलपमेन्ट बैंकर्स संघका अध्यक्ष गोविन्द प्रसाद ढकाल, वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष, लगायत विभिन्न बैंकबीमा र वित्तीय संस्थाका प्रमुख कार्यकारीहरुको उपस्थिति रहने कार्यक्रम संयोजक निर्दोषले जानकारी दिए ।एक्स्पो वालिङ उद्योग वाणिज्य संघको सिटि हलमा आयोजना हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved