आन्दोलनमा उत्रिए व्यवसायी, साउन १ देखि देशभरको निर्माण कार्य ठप्प हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 08:41:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल निर्माण ब्यवसायी महासंघले आन्दोलनका कार्यक्रम सार्बजनिक गरेको छ  । सार्बजनिक खरिद नियमावली छैठौ संशोधनको केहि बुंदामा बिरोध जनाउदै महासंघले आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । महासंघले नियमावलीका केहि बुँदा संशोधन गर्नु पर्ने र केहिलाई खारेज गर्नु पर्ने माग राखेको छ ।

महासंघको बुधबार काठमाडौँमा भएको राष्ट्रिय भेलाले संघर्षका कार्यक्रम तय गरेको हो । महासंघले ज्ञापन पत्र बुझाउने, टेण्डर बहिस्कार गर्ने, इजाजत पत्र सरकारलाई बुझाउने, कालोपट्टि बाधेर काम गर्ने, धर्ना, र्याली प्रदर्शन गर्ने र साउन १ गतेदेखि निर्माणका सम्पूर्ण काम ठप्प पार्ने कार्यक्रम सार्बजनिक गरेको हो ।

महासंघका अध्यक्ष रवी सिंहले अझै पनि केहि व्यवसायीले टेण्डर हालेको बताउदै सबैलाई टेन्डर बहिस्कार गरी आन्दोलनमा साथ दिन आग्रह गरेका छन् । नियमावली संशोधन नभएसम्म आन्दोलनको कार्यक्रम जारि राखिने महासंघले जनाएको छ । 

यस्तो छ आन्दोलनको कार्यक्रम ।





 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved