नाक भाँच्दिन्छु भन्ने द्वारीकालाई योगेशले भने, ‘माफी माग्नोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 11:56:18 AM मा प्रकाशित

laxmi  sunrise bank

नेकपाका नेता योगेश भट्टराईले इटहरी उप–महानगरपालिकाका मेयर द्वारीकालाल चौधरीलाई पार्टीको प्रतिष्ठा विपरित अभिव्यक्ति नदिन भनेका छन् । पत्रकारको नाकको डाडी भाँच्न एक करोड छुट्याएको छु भनेर टेलिफोनबाट पत्रकारलाई थर्काएको क्लिप भाइरल भएपछि नेकपाका सांसद भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै चौधरीलाई आफूले अभिव्यक्त गरेका भनाईप्रति आत्मालोचना गर्न भनेका छन् । 

सार्वजनिक पद धारण गरेको व्यक्तिे जथाभावी बोल्न नहुने भन्दै भट्टराईले सचेत गराएका छन् । मेयर चौधरी पनि नेकपाबाटै निर्वाचित भएका मेयर हुन् । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved