नेकपाभित्र ओली नेपालको आ–आफ्नै अडान, प्रचण्डले सुझाए मध्यमार्गी बाटो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 05, 2019 | 01:15:28 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मापदण्ड बिना नै जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोक्ने भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा मापदण्डबारे छलफल भए पनि कुनै निर्णय भएको छैन । 

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले दोहोरो जिम्मेवारी दिन नहुने पक्षमा अडान कायम राखेको छ भने प्रधानमन्त्री केपी शर्मा ओली पक्षले प्रदेश इञ्चार्जहरु तोक्दा नै त्यो खण्डित भएको तर्क गरेका छन् ।

तर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मध्यमार्गी बाटो अपनाउने बताएका छन् । इञ्चार्ज तथा सहइञ्चार्ज तोक्दै जाँदा दोहोरो जिम्मेवारीका सन्दर्भमा हेर्न सकिने उनले बताए । सचिवालयका एक सदस्यले भने, ‘मन्त्री भएकालाई इञ्चार्ज नबनाउने भन्ने पनि निर्णय भएको छैन । बनाउने भन्ने पनि छैन । बीच बाटोबाट जान सकिन्छ ।’

बैठकमा प्रधानमन्त्री ओलीको युरोप भ्रमणपछि मात्र यसबारे निर्णय गर्ने कि भन्ने प्रस्ताव पनि आएको थियो । तर, बहुसंख्यक नेताहरु यसको विपक्षमा उभिएका छन् । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि इञ्चार्ज र सहइञ्चार्ज टुंगो लगाउने बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved