गुण्डा नाइके राधे भण्डारी पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 08:25:46 AM मा प्रकाशित

laxmi  sunrise bank

गुण्डा नाइके राधे भण्डारी पक्राउ परेका छन् । प्रहरीको खोजी सुचीमा रहेका भण्डारी धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ हतियारसहित पक्राउ परेका हुन् । प्रदेश नमबर ३ का प्रहरी प्रमुख दीपक थापाका अनुसार स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको हो ।

उनलाई पक्राउ गर्न पुगेको प्रहरीमाथि नै राधेले आक्रमण गरेको प्रहरीले बताएको छ । उनको आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको छ । नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारी गुण्डागर्दीमा संलग्न छन् । धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानीयबासी बताउँछन् ।

केही वर्ष अघि धादिङबेँसीको शान्तबजारमा राधेले दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटिदिएका थिए । राधेले २०७० असार २१ गते धादिङबाट राजधानी फर्किने क्रममा चरीलाई ज्यान गोली हानेर चर्चामा आएका थिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved