फेरिए प्रचण्डका निजी सुरक्षाकर्मी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 11:49:28 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निजी सुरक्षा अधिकृत फेरिएका छन् । प्रहरी प्रधान कार्यालयले प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेशराज सुवेदीलाई पूर्वप्रधानमन्त्री दाहालको पीएसओमा खटाएको हो ।

दाहालको सुरक्षामा नेपाल प्रहरीका डीएसपीको नेतृत्वमा २९ र सशस्त्र प्रहरीका डीएसपीको नेतृत्वमा ३० जना गरी ५९ जना सुरक्षाकर्मी खटिने गरेका छन् । 

यसअघि दाहालको सुरक्षामा खटिएका डीएसपी सन्तोष राठौर महानगरीय प्रहरी वृत्त, लैनचौरमा सरुवा भएका छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved