क्रिकेटका बाजी राख्न लगाएर पैसा असुल्ने तीन जना पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 01:49:17 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्वकप क्रिकेटमा सट्टावाजी गर्ने तीन ब्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गोल्चे घर भएका हाल स्वयम्भु बस्ने ३६ वर्षीय प्रकाश लामा, सोही ठाउँका ३० वर्षीय बिद्युत प्रकाश लामा र रामेछाप लिखु गाउँपालिका–२ सैपु घर भइ रानीवन बस्ने ३३ वर्षीय उमेश कार्की रहेका छन् ।

उनीहरुले ईन्डियन प्रिमियर लिग क्रिकेट, विश्‍वकप क्रिकेट, च्याम्पियनसिप फुटबल समेतका खेलमा बिभिन्न ब्यक्तिहरुलाई हारजितको वाजी राख्न लगाई अबैध रुपमा रकम असुली गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट एक लाख रुपैयाँ बरामद गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved