भारतले तोड्यो सलमानका सबै रेकर्ड, यस्तो छ ओपनिङ कलेक्सन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 02:40:15 PM मा प्रकाशित

laxmi  sunrise bank

इदको अवसर पारेर जुन ६ देखि वल्र्ड वाइड रुपमा प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खानको फिल्म भारतले पहिलो दिन बम्पर ओपनिङ  गर्दै रेकर्ड बनाएको छ। फिल्मले बर्ष २०१९ मा प्रदर्शनमा आएको सबै बलिउड चलचित्रको पहिलो दिनको कमाइको रेकर्ड तोडेको छ ।

इदको अवसर पारेर रिलिज गरिदा सलमानको फिल्मलाइ फाप्ने गरेको बताइन्छ। सोहि कारण खानको फिल्म बर्षेनि इदको अबसर पारेर रिलिज गरिन्छ। भारतले बर्ष २०१९ कै सबैभन्दा बढि ४२.३० करोडको ओपनिङ गरेको छ। यो बर्ष प्रदर्शनमा आएको कलङकले २१.६० करोडको ओपनिङ गरेको थियो।

भारतको यो ओपनिङले खानको अघिल्ला फिल्मले बनाएका सबै ओपनिङ रेकर्ड तोडेको छ । खानको प्रेम रतन धन पायोले ४०.३५ करोडको ओपनिङ गरेको थियो साथै खानकै  सन् २०१६ मा प्रदर्शनमा आएको चलचित्र सुल्तानले ३६.५४ करोडको ओपनिङ गरेको थियो ।

भारत विश्वभरिका करिब ६ हजार भन्दा बढि हलहरुबाट प्रदर्शन भइरहेको तरण आदर्शले जानकारि दिएका छन् । फिल्मलाइ अलि अब्बास जफरले निर्देशन गरेको छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved