स्थानीय जनप्रतिनिधिलाई उद्योग वाणिज्य महासंघको तालिम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 02:52:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग वाणिज्य महासंघ र अमेरिकन राजदूतावासले स्थानीय सरकारका पदाधिकारीलाई तालिम दिन सुरु गरेका छन् । बिहिबारबाट सुरु भएको तालिम चार दिनसम्म चल्नेछ । प्रदेश नम्वर ३ भित्रका स्थानीय सरकारका पदाधिकारीका लागि यो कार्यक्रम आयोजना गरिएको हो । 

तालिमकोसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, महासंघका अध्यक्ष भवानी राणा र नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले संयुक्त रूपमा उद्घाटन गरे । 

मन्त्री पण्डितले जनता र स्थानीय सरकारबीच समन्वय र सहकार्य गर्दै स्थानीय सरकारको प्रभावकारी संचालन आवश्यक रहेको बताए । उनले विकासप्रति जनताका इच्छा आकांक्षा निकै धेरै भएका र तीनलाई पुरा गर्ने दायित्व स्थानीय सरकारको भएकाले जनतास“ग जोडिएर कार्य सम्पादन गर्न स्थानीय पदाधिकारीहरूलाई आग्रह गरे । 

महासंघका अध्यक्ष राणाले स्थानीय सरकारस“ग निजी क्षेत्र समन्वयात्मक ढंगबाट अगाडी बढ्न र सहकार्य गर्न तयार रहेको बताईन् । स्थानीय जनप्रतिनिधि नरहेको अवस्थामा निजी क्षेत्रले नागरिकसग जोडिएर काम स्मरण गराउँदै राणाले स्थानीय विकासमा सरकारलाई साथ दिन निजी क्षेत्र तयार रहेको बताईन । नीतिगत सुधार, पूर्वाधार विकास, करमैत्री वातावरण र सुशासन आर्थिक विकासका प्रमुख आधार भएकाले स्थानीय सरकारले यसमा आफूलाई दृढ राख्नु पर्ने उनको जोड छ ।

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरीले स्थानीय सरकारको प्रभावकारी संचालनमा सहयोग पु¥याउने उद्देश्यले महासंघस“गको सहकार्यमा सातै प्रदेशमा यो कार्यक्रम आयोजना गर्ने र यसको पहिलो शुरुवात प्रदेश नम्वर ३ बाट गरिएको जानकारी दिए । 

तालिममा प्रदेश नम्वर ३ का स्थानीय सरकारका करिब ५० जना पदाधिकारी सहभागी छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved