हावाहुरी अपडेट: १ जनाको मृत्यु, ५० भन्दा बढी घाइते

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 08:57:23 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

बिहिबार बेलुका कैलाली र कंचनपुरमा आएको भिषण हावाहुरीका कारण १ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् । हावाहुरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको हो । 

हावाहुरीका कारण घाइते भएका मध्ये १२ जनाको अवस्था गम्भिर छ  । घाइतेहरुको सेती अञ्चल अस्पताल, धनगढीको निसर्ग र  महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ  । 

हावाहुरीले  बिजुलीका पोल ढलेको छ भने कैयौ घरका छानो उडाएको छ । त्यस्तै रुखहरु ढल्दा गाडीहरुमा क्षति पुगेको र केहि गाडीहरु नै उडाएको छ।  अहिले उद्दार कार्य जारि रहेको र क्षतिको थप विवरण आउँन बाँकि रहेको कैलालीका एसपी सुदीप गिरीले जानकारी दिएका छन्।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved