आइतबार सार्वजनिक विदा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 09:03:27 PM मा प्रकाशित

laxmi  sunrise bank

जेठ २६ गते आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको छ । त्यस दिन  भोटो देखाउने जात्र परेकोले काठमाडौँ उपत्यकामा सार्वजनिक विदा हुने भएको हो । त्यस दिन राष्ट्रका राष्ट्रप्रमुखको उपस्तिथिमा भोटो देखाइने छ ।

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथ आज जावलाखेल पुर्याईएको छ । रथ जावाखेल पुगेको ४ दिनमा भोटो देखाउने जात्र मनाउने गरिन्छ । कीर्तिपुर, सतुङ्गल, मच्छेगाउँ, पुल्चोक, बलम्बु, थानकोट र पाँगा सात गाउँका मानिस आएर ठटिटोलदेखि इटिटोलको बाटो हँुदै मान भवन, कुमारीपाटी गरी जावलाखेल पु¥याएका हुन् ।

प्रत्येक गाउँबाट १५ देखि २० जनाको टोली धिमेबाजा बजाउँदै आएर करीब १५० देखि २०० जनाको टोलीले रथ तानेको छ । हरेक वर्ष ठटिटोलबाट जावलाखेलसम्म रथ लान यी सात गाउँका मानिस अनिवार्य उपस्थित हुने चलन बसेको पाटनका स्थानीय सूर्यमान डङ्गोलले जानकारी दिए । “रथ तान्ने अघिल्लो दिन ८४ वर्षीय ञँवाल चाकला डङ्गोलले नरिवाल खसाली यस स्थानसँग बिदा मागे”, डङ्गोलले भने, “चार बजेपछि रथ तान्ने नियम रहँदा ५ः१० मा रथ तानी साढे ६ बजेमा रथ जावलाखेल पु¥यायौँ ।” बिहान ञँवालहरुले धुपीको फूलले मच्छिन्द्रनाथको रथलाई हरियो स्वरुपमा सजावट गरेका बताइएको छ । 



Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved