भिषण हावाहुरी पुर्वतर्फ बढ्दै, सतर्क रहन सरकारको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 06, 2019 | 09:15:38 PM मा प्रकाशित

laxmi  sunrise bank

सुदुरपश्चिमका जिल्लामा आएको हावाहुरी अहिले पुर्वका जिल्ला तर्फ बढ्दै गएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकाल परिचालन केन्द्रले हावाहुरी अहिले बर्दिया र दाङ तर्फ पनि बढ्दै गरेको र पूर्व बढ्ने क्रममा रहेको जनाएको छ । केन्द्रले सकेसम्म सतर्कता अपनाइ क्षती हुनबाट जोगिन सबैमा आग्रह गरेको छ । यसको असर कपिलबस्तु र रुपन्देहिसम्म देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  ।



सुदूरपश्चिममा आएको हावाहुरीका कारण १ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् । हावाहुरीमा परी कैलाली गोदावरीका वीरबहादुर चौधरीको मृत्यु भएको हो । 

हावाहुरीका कारण घाइते भएका मध्ये १२ जनाको अवस्था गम्भिर छ  । घाइतेहरुको सेती अञ्चल अस्पताल, धनगढीको निसर्ग र  महाकाली अञ्चल अस्पतालमा उपचार भईरहेको छ  । 

हावाहुरीले  बिजुलीका पोल ढलेको छ भने कैयौ घरका छानो उडाएको छ । त्यस्तै रुखहरु ढल्दा गाडीहरुमा क्षति पुगेको र केहि गाडीहरु नै उडाएको छ।  अहिले उद्दार कार्य जारि रहेको र क्षतिको थप विवरण आउँन बाँकि रहेको कैलालीका एसपी सुदीप गिरीले जानकारी दिएका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved