काङ्ग्रेसको जागरण अभियान स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 10:52:37 AM मा प्रकाशित

laxmi  sunrise bank

कैलाली र कञ्चनपुरमा बिहीबार राति आएको हावाहुरीका कारण नेपाली काङ्ग्रेसको जागरण अभियान स्थगित भएको छ । काङ्ग्रेसले जागरण अभियान अन्तर्गत २५ गते सबै जिल्लामा आमसभा गर्ने तय भएपनि कैलाली र कञ्चनपुरमा स्थगित गरिएको हो । 

अभियान अन्तर्गतका सम्पूर्ण कार्यक्रमलाई राहत र उद्धारमा रुपान्तरण गरी दुई जिल्लाका केन्द्रीय प्रतिनिधिहरुलाई प्रभावित क्षेत्रमा खटिन कांग्रेसले आग्रह गरेको छ ।

यसैबीच कांग्रेसले हावाहुरी प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ । शुक्रबार विज्ञप्ति जारी गर्दै घाइतेहरुको उपचारको व्यवस्था गर्नुपर्ने र मृतकका परिवारलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको हो । 

बिहिबार रातीको हावाहुरकिा कारण २ जनाको मृत्यु भएको छ भने सय बढी घाइते भएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved