गणतन्त्रमा पनि राजतन्त्र चाहने मुर्खहरु छनः प्रधानमन्त्री ओली

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 01:02:32 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले नेपाललाई ‘डिजिटल नेपाल’ बनाउन चाहेको बताएका छन् । ‘नयाँ–नयाँ कामको थालनी भइरहेको छ, सरकार देशलाई संमृद्धिको मार्गमा डोहोर्याउदैछ’ ओलीले भने । उनले मुलुक लोकतान्त्रिक गणतन्त्रमा विकास र संमृद्धिको उत्सव मनाउँदै गर्दा अझैपनि राजतन्त्र चाहने मुर्खहरु भएको बताए । 

‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को उद्घाटन गर्दै ओलीले युवाहरुलाई रोजगारीको अवसर सिर्जना गर्न कार्यक्रमले सहयोग पुर्याउने बताए । ‘अब कोही पनि काम नपाएर विदेशिनु पर्दैन, स्वदेशमै रोजगारी मिल्छ,’ प्रधानमन्त्री ओलीले भने । 

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक विकासमन्त्री गोकर्ण विष्टले सरकारले बेरोजगार युवालाई स्वरोजगार बनाउन ‘प्रधानमन्त्री स्वरोजगार कार्यक्रम’ लागू गरेको बताए । उनले चालु आर्थिक वर्षमा एक महिनामात्रै कार्यक्रम सन्चालन हुने र आगामी वर्षबाट अझै व्यवस्थित रुपमा देशैभरि कार्यक्रम सन्चालन गरिने बताए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved