काठमाडौँमा गोली चल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 01:46:48 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौंको अत्तरखेलमा प्रहरीले गोली चलाएको छ । लुटेरालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो । पाँचथर फिदिमका छिरिङ तामाङलाई शुक्रबार दिउँसो महानगरीय प्रहरी अपराध महाशाखाले गोली हानेर नियन्त्रणमा लिएको हो ।

उनीसँगै रहेका चार जनालाई नियन्त्रणमा लिइएको र फरार भएका तामाङलाई दुई राउण्ड गोली हानी नियन्त्रणमा लिइएको महाशाखाका एसएसपी सहकुल थापाले जानकारी दिए । तामाङको खुट्टामा गोली लागेको छ । 

तामाङको समूहले २०७५ भदौ २६ गते कलंकीमा मनी ट्रान्सफरबाट १ लाख ७० हजार लुटेका थिए । २०७५ माघमा चाबहिलस्थित एक सहकारीमा लुटपाटको प्रयास गरेको, २०७५ चैतमा गोकणेश्वरस्थित एक मनी ट्रान्सफरबाट ३ लाख रुपैयाँ लुटेको, २०७६ जेठमा ललितपुरको इमाडोलमा १ कम्पनीबाट १ लाख लुटेका थिए ।

प्रहरीले तामाङसहित धराने भनिने नितेश तामाङ, मुन्द्रे भनिने अजय तामाङ, बाहुन भनिने रुपेश चौलागाईंलाई नियन्त्रणमा लिएको छ । ‘यो समूह काठमाडौंमा रेमिट्यान्स कम्पनीहरुलाई लक्षित गरेर लुट्ने समूह हो’ एसएसपी थापाले भने।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved