ईदमा फिल्म रिलिज गर्दा सलमानका मालामाल, यस्तो छ दश बर्षको बक्सअफिस कलेक्सन

दिलिप खड्का

दिलिप खड्का

Jun 07, 2019 | 02:50:11 PM मा प्रकाशित

laxmi  sunrise bank

सलमान खान बलिउड बक्स अफिसको किंग नै मानिन्छन् । खानको नयाँ फिल्म प्रदर्शन हुने वित्तिकै बक्स अफिसमा विभिन्न रेकर्डहरु कायम गर्छन । बलिउडका अरु चलचित्रले राम्रो कमाइ गर्न नसकिरहेको बेला प्रदर्शनमा आएको खान अभिनित भारतले बक्स अफिसमा गरिरहेको कमाल यसको उदाहरण हो । खानका धेरै चलचित्रले  सय करोड क्लब पार गरि सकेका छन् । भारत सलमानको सबैभन्दा बढि ओपनिङ कलेक्सन गर्ने चलचित्र भनेको छ । सलमानका धेरै चलचित्रले बम्पर ओपनिङ कलेक्सन गर्दै आइरहेको छन् ।

खानलाइ इदको अवसर पारेर चलचित्र रिलिज गर्दा फाप्ने फिल्मि वृतमा चर्चा छ । हरेक बर्षको इदमा फिल्म हलहरुमा खानको फिल्म प्रदर्शन भइरहेका छन् । मानौँ इद फिल्मको लागि सलमानकै हो । यसको अर्को उदाहरण हो फ्लोरमा पनि नगएको सन्जय लिला भन्सालिको चलचित्र इन्साअल्लाले २०२० को इदमा रिलिज डेट तोक्नु । उक्त फिल्ममा सलमान मुख्य भुमिकामा रहेको छन्। बर्षमा औषत एउटा मात्र चलचित्र प्रदर्शनमा ल्याउने सलमान खान अभिनित पछिल्लो १० बर्षमा इदको अवसर पारेर प्रदर्शनमा आएका चलचित्रको ओपनिङ कलेक्सन यस्तो छ - 

सन् २०१० को इदमा प्रदर्शनमा आएको खान अभिनित दबंगले बक्स अफिसमा राम्रै कमाल देखाएको थियो । पुलिस अफिसरको भुमिकामा देखिएका खानलाइ सोनाक्क्षी सिन्हाले साथ दिएकी छन्। फिल्मको पहिलो दिनको कलेक्सन १४ करोड ५० लाख भारु रहेका छ । फिल्मलाइ अभिनव कस्यपले निर्देशन गरेका थिए । फिल्मले जम्मा २१९ करोड भारु कमाएको थियो ।

बडिगार्ड सलमान खानको सन् २०११ को इदमा प्रदर्शनमा आएको चलचित्र हो । सलमान खान र करिना कपुरको जोडि रहेको फिल्मले राम्रै कलेक्सन गर्न सफल भएको थियो । फिल्मको ओपनिङ कलेक्सन २१ करोड ६० लाख भारु रहेको थियो । सिद्धिकिले निर्देशन गरेको फल्मले २६० करोड भारु कमाएको थियो ।

सन् २०१२ को इदमा प्रदर्शनमा आएको अर्को ब्लकबस्टर फिल्म हो एक था टाइगर । सलमान र कट्रिनाको मुख्य भुमिका रहेको फिल्मले ३२ करोड ९३ लाख भारुको ओपनिङ गरेको थियो । कबिर खानले निर्देशन गरेको फिल्मले ३२० करोड भारु कमाएको थियो । 

कबिरकै निर्देशनमा बनेको बजरङगि भाइजान सन् २०१५ को इदमा रिलिज गरिएको थियो। सलमान खान, करिना कपुर र हर्षालि मल्होत्राको मुख्य भुमिका रहेको फिल्मले २७ करोड २५ लाखको ओपनिङ गरेको थियो भने विश्वभरिबाट ९७० करोड भारु कमाएको थियो । सन् २०१७ को इदमा प्रदर्शनमा आएको फिल्म ट्युवलाइटले पनि २१ करोड १५लाखको ओपनिङ तथा २११ करोड भारुको ग्रस कलेक्सन गरेको थियो ।

किक खानको अर्को ब्लकबस्टर चलचित्र हो । सन् २०१४ को इदमा रिलिज भएको किकले २६ करोड ४० लाखको ओपनिङ गरेको थियो । खानको साथमा ज्याकलिन फर्नान्डिज, रनदिप हुडा र नवाजुद्धिन सिद्धिकिको मुख्य भुमिका रहेको फिल्मलाइ साजिद नाडियाडवालाले निर्देशन गरेका थिए। फिल्मले ४०२ करोड भारु ग्रस कलेक्सन गरेको थियो ।

रेसलरको भुमिकामा देखिएका सलमानको फिल्म सुल्तान सन् २०१६ को इदमा प्रदर्शनमा आएको थियो । अलि अब्बास जफरले निर्देशन गरेको फिल्ममा अनुस्का शर्मालाइ पनि मुख्य भुमिकामा प्रस्तुत गरिएको थियोे । फिल्मले ३६ करोड ५४ लाखको ओपनिङ गरेको थियो । फिल्मले विश्वभरिबाट ६२३ करोड भारु कमाएको थियो ।

रेमो डि सुजाको निर्देशनमा बनेको रेश ३ सन् २०१८ को इदमा प्रदर्शनमा आएको थियो । फिल्मले २९ करोड १७ लाख भारुको ओपनिङ गरेको थियो भने ३०३ करोड भारु ग्रस कलेक्सन गरेको थियो ।

सलमान खानको फिल्मले हरेक इद जस्तै यो बर्षको इदमा पनि बम्पर सुरुवात गरेको छ । अलि अब्बास जफरको निर्देशनमा तयार भएको भारतले पहिलो दिनमा ४२ करोड ३० लाखको सुरुवात गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved