के हो 'ढिलो आयो कडा आयो' ? कसरि भयो भाईरल ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 07, 2019 | 05:31:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले सामाजिक संजालमा 'ढिलो आयो, कडा आयो' भन्ने डाइलग चर्चामा छ । बिशेष गरी फेसबुक र ट्वीटरमा यो बढी देख्न सकिन्छ । स्ट्याटस, ट्वीट, कम्नेट, रिप्लाई आदिमा यसको प्रयोग धेरै छ । सामाजिक संजालमा मात्र नभई बोलिचालीमा यसको चर्चा छ । अर्थात यो डाइलग भाईरल नै भएको छ ।

यो भाईरल हुनुको कारण हो अहिले बजार तताएको प्रकाश सपुतको गित 'गलबन्दी' । युट्युबको ट्रेडिङको नम्बर १ मा रहेको गितको एउटा डाइलग हो 'ढिलो आयो कडा आयो' ।

यो गित प्रकाश सपुत र शान्ति श्री परियारले गाएका हुन् । अभिनय भने सपुत स्वयं र अन्जली अधिकारीको छ । यो गित गाउँले परिवेशमा रातको समय रोधी बस्ने स्टाइलमा तयार भएको छ । रातको समय गाउँका मानिसहरु टर्च बालेर दोहोरी हेर्न पुग्छन । माहोल तयार भईसकेको हुन्छ । अन्तिममा सपुत पुगेर 'सुरु गरौ ' भन्दै गित सुरु गर्छन ।

उनले सुरु गर्छन 'भेट भैयो झमक्क साँझमा, राख्छु तिम्लाई यो दिलको माझमा' । भाका हुन्छ 'गलबन्दी, गलबन्दी च्यातियो तिम्ले तानेर, बोलाउन खोजेको आफ्नै ठानेर' । 

यसपछि सपुत उताबाट जवाफको लागि केहि बेर पर्खनछन तर जवाफ आउदैन । यो बीचमा उपस्थित भएका अन्य बाट फकाउन नसकेको आदि डाइलग चल्छ ।  

फेरी उनी आफै गाउँन थाल्छन ।

'मैले यता मन पेट खोल्नी, ढुंगा हो कि मान्छे हो नबोल्नी' 

यो सक्दा पनि उता बाट जवाफ आउदैन । डाइलगहरु आई रहन्छ ।  

फेरी सपुत नै  गाउँन थाल्छन ।

'गाईदेउ गित किन भाउ खाकी छौ, कि त् मुखमा पिडालु राखिछौ'

यति गर्दा पनि जवाफ नआए दिक्क मान्दै सपुत 'गाउदिन्न म' भन्दै उठेर हिड्न खोज्छन । 

बल्ल उताबाट जवाफ आउँछ  ' भो भो कान्छा नगर आश मेरो, त्यो दिलमा हुदैन बास मेरो'  । भाका हुन्छ 'पछ्यौरी, पछ्यौरी च्यातियो तिम्ले तानेर, फकाउन नखोज सोझी ठानेर' । 

३ पटकपछि बल्ल जवाफ आएपछि सहभागी एक जनाले भन्छन् 'ढिलो आयो कडा आयो'  ।  अहिले सामाजिक संजालमा उनले भनेकै यो डाइलग भाईरल भएको हो ।

त्यसपछि दोहोरीले निरन्तरता पाउंछ ।

हेर्नुस गित :


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved