भारतीय विमानस्थलमा नेपाली यात्रुलाई निषेध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2019 | 10:33:16 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा नेपाली यात्रुलाई निषेध गरिएको छ । उक्त विमानस्थलबाट नेपालीलाई नेपाल प्रवेशमा रोकिएको भारतस्थित नेपाली दूतावासले जनाएको छ ।

शुक्रबार विमानस्थलमा नेपाली यात्रुलाई नेपाल आउनबाट बञ्चित गरिएको थियो । यस घटना लगत्तै दुतावासले आपत्ति पनि जनाईसकेको छ । भारतीय पक्षले भने नेपाली यात्रुलाई रोक्ने नीति नभएको पुष्टि गर्दै आगामी दिनमा यस्तो गल्ती नुहने बताएको छ ।

शनिबार बिहान भारतस्थित नेपाली दूतावासले ट्वीटमा भनेको छ, ‘हामीले हिजो केही नेपाली यात्रु इन्दिरा गान्धी विमानस्थलमा रोकिएको थाहा पायौं । हामीले तुरुन्तै सम्बन्धित अधिकारीलाई यसबारे भन्यौं कि, ‘यो दुर्भाग्य हो ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved