कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का विजयी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 08, 2019 | 09:11:49 PM मा प्रकाशित

laxmi  sunrise bank

चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का विजयी भएका छन। आज भएको निर्वाचनमा अध्यक्ष पदकी उम्मेदवार सरिता लामिछानेलाई ५७ मत अन्तरले हराउदै खड्का अध्यक्षमा निर्वाचित भएका हुन। कुल खसेको ३८७ मत मध्ये रविन्द्रले २१८ मत ल्याएका थिए भने सरिताको नाममा १६१ मत खसेको थियो ।

बिजयी भएपछि खड्काले आफूले गरेका प्रतिवद्धताहरु पुरा गर्ने बताए । यस्तै, अध्यक्षमा हार ब्यहोरेकी उम्मेदवार सरिता लामिछानेले चलचित्र कलाकार संघमा गैह्र कलाकार नआएको भन्दै रविन्द्रलाई शुभकामना दिएकी थिइन् ।    

त्यस्तै, उपाध्यक्षमा रेजिना उप्रेती, महासचिवमा चेतबहादुर सिंह, सचिवमा पनाहा अधिकारी, सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्वाचित भएका छन। त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए । 




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved