विप्लवका १८ नेता पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 07:07:59 AM मा प्रकाशित

laxmi  sunrise bank

प्रहरीले कास्कीको अन्नपूर्ण गाउँपालिकाबाट नेत्रविक्रम चन्द विप्लव समूहका १८ जना कार्यकर्तालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति उनीहरुलाई अन्नपूर्ण गाउँपालिका–११ को उरीबाट नियन्त्रणमा लिइएको हो । आमा समूहको भवनमा पार्टीको बैठकमा बसिरहेको अवस्थामा प्रहरीले घेरा हालेर उनीहरुलाई गिरफ्तार गरेको बताइएको छ । 

पक्राउ पर्नेहरुमा विप्लव समूहका कास्की सेक्रेटरी आक्रोश भनिने विवेक भण्डारी, विद्यार्थी सङ्गठनका जिल्ला अध्यक्ष काजी गुरुङ, केन्द्रीय सदस्य मिलन राईलगायत रहेको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । केही दिनयता विप्लव समूहको गतिविधि बढेको भन्ने सूचनाका आधारमा प्रहरीले अप्रेशन नै चलाएको थियो । 

उनीहरुलाई शनिबार राति नै जिल्ला प्रहरी कार्यालय कास्कीमा ल्याएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved