जंगली च्याउ खाँदा २ को मृत्यु, ९ बिरामी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 07:38:48 AM मा प्रकाशित

laxmi  sunrise bank

पाल्पामा जंगली च्याउ खाँदा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा निस्दी गाउँपालिका–३ की ९ वर्षीया निर्मला सिंह ठकुरी र सोही ठाउँका ४ वर्षीय विष्णु सिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाका अनुसार अन्य ९ जना गम्भीर बिरामी परेका छन्।  विरामी पर्नेमा सोही ठाउँका ४५ वर्षीय पुरन खाम्चा, ४० वर्षीया चन्द्री खाम्चा, १५ वर्षीया निर्मला खाम्चा, ८१ वर्षीय प्रेम सिंह ठकुरी, ३० वर्षीया दानकुमारी सिंह ठकुरी, ७ वर्षीय सुमन सिंह ठकुरी, धनकुमारी सिंह ठकुरी, निसा सिंह ठकुरी र निरुता सिंह रहेका छन् । 

बिरामी सबैको नवलपुरको डण्डा स्थित मध्यविन्दु अस्पतालमा उपचार भइरहेको छ । उनीहरुले शुक्रबार साँझ घर नजिकैको जंगलबाट ल्याएको च्याउ तकारीका रुपमा खाएका थिए । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved