राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 09:07:49 AM मा प्रकाशित

laxmi  sunrise bank

म्याग्दीलगायत ३० जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले चालू आर्थिक वर्ष २०७५/७६ देखि राष्ट्रपति महिला उत्थान कार्यक्रम शुरु गरेको छ ।

ग्रामीण क्षेत्रका महिलाको आयआर्जन सुधार गरी आर्थिक सशक्तिकरण गर्ने उद्देश्यले कार्यक्रम शुरु गरिएको हो । कृषि, पर्यटन, पशुपालन र सीपमूलक उद्यम व्यवसाय सञ्चालनमा सघाउन महिलाले सञ्चालन गरेका ४७ समूह र संस्थालाई कार्यक्रम सन्चनलनको लागि रु ६ लाख ५० हजारको दरले रु ३० करोड ५५ लाख अनुदान उपलब्ध गराइएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले जानकारी दिइन् । आगामि बर्ष ५५ जिल्लामा कार्यक्रम विस्तार गर्ने मन्त्रालयको तयारि रहेको छ । 

कार्यक्रमबाट म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ साझापानीको सिर्जनशील आमा समूह, बेनीको नारी जागृति र बाबियाचौरको जनआदर्श महिला सहकारी संस्थाले अनुदान पाएका छन् । 

सिर्जनशील आमा समूहमा आवद्ध ३० महिलाले सामूहिक तरकारी खेती शुरु गरेका अध्यक्ष सन्तु भण्डारीले बताइन् । मन्त्रालयले उपलब्ध गराएको अनुदान र समूहको कोष परिचालन गरेर मौसमी र बेमौसमी तरकारी खेती शुरु गरिएको उहाँले बताइन् । पाँच व्यक्तिगत र चार सामूहिक टनेल निर्माण गरेर खेती शुरु गरिएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved