ठेक्कापट्टामा चौरीदेउराली गाउँपालिकाको 'नौलो नियम',चाँसो नलिन पत्रकारलाई अध्यक्षको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 12:35:55 PM मा प्रकाशित

laxmi  sunrise bank

भौतिक संरचना निर्माणको टेन्डरमा भाग लिनेले सामान्यतया बैंक ग्यारेन्टी राख्ने अभ्यास छ। तर काभ्रेको चौरीदेउराली गाउँपालिकाले अहिलेसम्मको  टेन्डर अभ्यासलाई चुनौती दिंदै आफ्नै शैलीको 'नयाँ नियम' लागू गरेको छ।

ठेकेदारमा समयमै काम नसक्ने प्रवृति बढ्दै गएकाले एकबर्षे योजनाका लागि अग्रिममा २५ प्रतिशत नगद धरौटी अनिवार्य गरेको छ। कार्यविधि बनाएरै २५ प्रतिशत नगद धरौटी लिने व्यवस्थालाई गाउँसभाले पारित गरेको गाउँपालिकाका अध्यक्ष दिननाथ गौतमले बिजपाटी डटकमलाई बताए।

उनकाअनुसार निर्माणको जिम्मा पाउने ठेकेदार वा फर्मले ठेक्का स्वीकृतिको कबोल रकमको २५ प्रतिशत अग्रिममा नगद धरौटी राख्नुपर्ने हुन्छ। योजनाको भौतिक प्रगति २० प्रतिशत सम्पन्न भएपछि ठेकेदारले २५ प्रतिशत धरौटीको २० प्रतिशत फिर्ता पाउनेछ। बाँकी धरौटी रकम भने काम सम्पन्न भएपछि मात्र फिर्ता हुने गाउँपालिकाले जनाएको छ। 

यद्दपी गाउँपालिकाले जारि गरेको सूचनामा बाँकी ५ प्रतिशत धरौटी रकम काम सम्पन्न भएपछि फिर्ता हुने उल्लेख छ। धरौटी रकमको ७५ प्रतिशत के हुन्छ भन्नेबारे गाउपालिकाद्वारा जारि सूचनामा कहीं कतै केहि उल्लेख छैन। तर काम सुचारु हुनुपूर्वनै अग्रिममा नगद धरौटी राख्नुपर्ने भएपनि ठेक्का स्वीकृतिको कबोल रकम भने काम सम्पन्न भएपश्चात मात्र ठेकेदारले पाउनेछ सूचनामा उल्लेख छ।   

यसबारे स्पष्ट हुनलाई प्रश्न सोध्दा गाउँपालिका अध्यक्ष दिननाथ गौतमले आफ्नो निर्णय चित्त नबुझे अदालत जाने बाटो खुल्ला रहेको बताए। त्यति मात्र नभई अध्यक्ष गौतमले पत्रकारलाई गाउँपालिकाको कामबारे अनावश्यक चासो नराख्न चेतावनी समेत दिएका छन। 

भौतिक संरचना निर्माण सम्बन्धमा गाउँपालिकाले लागु गरेको नयाँ व्यवस्थाबारे नेपाल निर्माण व्यवसायी महासंघका उपमहासचिव टंक चौलागाईले असन्तुस्टी जनाएका छन। उनले सबै तहका सरकार व्यवसायीलाई चेप्न लिप्त भएको प्रतिकृया दिएका छन।   

चलनमा रहेको अभ्यास अनुसार नपाउने भएपनि काभ्रेको चौरीदेउरालीले काम ढिलो हुने गरेको भन्दै कार्यविधि ल्याएर निर्माण व्यवसायीलाई असजिलो बनाउने काम गरेको चौलागाईंले आरोप लगाए। काम हुँदै जाँदा प्रगतिअनुसार भूक्तानी दिँदै जानुपर्ने भएपनि पहिला २५ प्रतिशत नगद धरौटी लिने र योजना वापत ठेकेदारले पाउनुपर्ने पैसा चाँही काम सकेपछि मात्रै दिने नियम गलत भएको उनको भनाई छ। चौलागाईले यस्तो नियमले व्यवसायीलाई टेण्डर प्रक्रियामा भाग लिनै समस्या उत्पन्न गराउने बताए । 

गाउँपालिका अध्यक्ष गौतमका अनुसार नयाँ कार्यविधि आईसकेपछि पनि सम्झौता भएर काम सुरु भईसकेको छ । यो कार्यविधि पश्चात काजीथुम्का भ्यू टावर निर्माणको सम्झौता भईसकेको छ । निर्माणको जिम्मा पाएको फ्युचरल्याण्ड कन्ट्रक्सनले केही दिनमै सामान पुर्याउने उनको भनाई छ ।





Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved