नेहा कक्करको कार्यक्रम आयोजक पक्राउ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 09, 2019 | 02:16:30 PM मा प्रकाशित

laxmi  sunrise bank

क्षमता भन्दा बढी टिकट बेचेको अभियोगमा ठमेलस्थित एलओडिका संचालक पक्राउ परेका छन् । ठगिको आरोपमा संचालक दीपक घिमिरे सहित ३ जना पक्राउ  परेका छन् ।

एलओडिले शनिबार भारतिय गायीका नेहा कक्कर तथा उनको ब्याण्डको प्रस्तुति राखेको थियो । नेहाको प्रस्तुति देखाउनको लागि एलओडिले क्षमता भन्दा हजार बढि  टिकट बेचेकोे हो । एलओडिको क्षमता २ हजार जनाको भएपनि ३ हजार भन्दा बढि टिकट बिक्रि गरिएको थियो ।

टिकट खरिद गरेका दर्शकहरुले प्रस्तुति हेर्न नपाएपछि नारावाजि गरेका थिए । प्रस्तुति हेर्न नपाएका दर्शकहरुको पैसा फिर्ता गराउनको लागि प्रहरीले पक्राउ गरेको एसएसपि उत्तमराज सुवेदिले बताए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved